ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशको अन्तरिम सरकार प्रमुख बने मुहम्मद युनुस


एबीसी न्यूज
२३ श्रावण २०८१, बुधबार   ७ : ०४   बजे

काठमाडौं, २३ साउन। बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार बिजेता युनिसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए ।

मुहम्द युनिस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन् । युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन् ।

गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन । ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन् । उनले अब स्वदेश फर्किने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार

खेलकुदमा महिला खेलाडीमाथि हुने यौन दुर्व्यवहार रोक्न कडा कानुन आवश्यक : अमात्य

सम्बन्धित

‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली ब्रान्ड जेम्सले सहभागिता जनाउने

रुसी मिसाइल आक्रमणमा किभमा पाँच जनाको मृत्यु, २३ घाइते

ह्यारी र मेगन बेलायत फर्किँदै, छोराछोरी बेलायती विद्यालयमा भर्ना

भारतमा पीएम–केयर्स फन्डको रकम विद्यालय विकासमा खर्च गर्न सीजेपीको माग

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

आईएसविरुद्धको युद्ध सम्झिँदै इराकी प्रधानमन्त्रीले गरे इरानको प्रशंसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu