ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


एबीसी न्यूज
२३ श्रावण २०८१, बुधबार   १० : ५०   बजे

काठमाडौं २३ साउन ।  हिजोदेखि लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनलेखोला र एसमोडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारी साधन विचबाटोमा अलपत्र परेका छन । ट्रक, बसलगायत साना सवारी साधन बिचबाटोमा रोकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले अवरुद्ध राजमार्ग खुलाउन बुधबार बिहान ६ बजेदेखि स्काभेटरसहित प्रहरी टोली खटिएको बताउनुभयो ।

प्रमुख केसीले जिल्ला ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महतराले पहिरो हटाउन खटिएको टोलीसँग निरन्तर सम्पर्क रहेको भन्दै जतिसक्दो छिटो सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

गोगने खोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्ग ठप्प छ । कालीकोटबाट सुर्खेत जाने यातायातका साधनलाई प्रहरीले हुल्मबजारमा रोकेको छ । दैलेख प्रहरीले राकम कर्णालीमै यातायातका साधन रोकेको छ । यात्रुलाई खान बस्न समस्या नहुने भनी वजार क्षेत्रमै यात्रुलाई रोकेको प्रहरीको भनाइ छ । गगने खोला, एस मोड र हुल्मबजार क्षेत्रमा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group