ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसीमा जुटेको सहमति हामी सबैका लागि खुसीको विषय हो- प्रचण्ड


एबीसी न्यूज
२३ श्रावण २०८१, बुधबार   १२ : ४९   बजे

काठमाडौं २३ साउन ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टीआरसी मा जुटेको सहमति सबैका लागि खुसीको विषय भएको बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा टीआरसी कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘अब यसलाई संसद्को समिति र हाउसमा पनि यसै पटक जाओस्, र यसलाई टुंग्याइयोस्,’ प्रचण्डले भने, ‘म सरकारसँग यसको निम्ति विशेष आग्रह गर्न चाहन्छु।’

‘विधेयकका सम्बन्धमा अहिले कार्यदलले एउटा समझदारीका साथ प्रतिवेदन बुझाएको छ। कार्यदललाई विशेष धन्यवाद,’ प्रचण्डले भने, ‘लामो समयदेखि छलफलमा रहेको, सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले मिहेनत र स्प्रिटका साथ पीडितमैत्री बनाउने कोसिससहित निष्कर्षमा पुगेको छ।’

उनले अघि थपे, ‘यो हामी सबैका लागि खुसीको कुरा हो। नयाँ सरकार गठन भएपछिको यो राम्रो काम भन्न चाहन्छु। सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु।’

उनले आफू प्रधानमन्त्री भएकै बेलामा यसलाई टुंगोमा पुर्याउन कार्यदल बनाउने प्रस्ताव गरिएको पनि उल्लेख गरे।

‘मैले प्रधानमन्त्रीको रुपमा बालुवाटारमा हामी सबैै प्रमुख नेता र सम्बन्धित सबै नेतालाई राखेर यसलाई निष्कर्षमा पुर्याउन ढिला हुन हुँदैन भनेर कार्यदलको प्रस्ताव गरिएको थियो,’ प्रचण्डले भने, ‘यो हामी सबैको निम्ति,समग्र नेपाली जनताको लागि खुसीको कुरा हो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu