ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ- सोबिता गौतम


एबीसी न्यूज
२९ श्रावण २०८१, मंगलबार   १ : ४९   बजे

काठमाडौं २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउनुपर्ने बताइन् ।

साउन २३ गते नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

आफूले नेपालको हवाई क्षेत्रको यात्रा सुरक्षित गर्नुपर्ने भनेर संसदमा ६ पटक बोलिसकेको उल्लेख गर्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने कानुन बनाउनुपर्ने बताइन् । यो विषय सम्बन्धित मन्त्रीलाई भनेको तर, विधेयक संसदमा नआएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

 

‘मन्त्रीहरु पटक पटक फेरिनुभयो तर, विधेयक संसदमा आएको छैन’ उनले भनिन् । नेपालको नियामक निकायको रेगुलेटरी फेलियर भएको उनले बताइन् ।

विमानस्थल निर्माण गर्न प्रस्ताव आउने बनाउने गरेको तर, हवाई यात्राको सुरक्षाका लागि पर्याप्त खर्च गर्न नसकिरहेको बताइन् ।

इयुको कालोसूचीमा पर्नु, आइकाओले अडिटमा एकदमै कम नम्बर दिनुले पनि नेपालको हवाई क्षेत्रको रेगुलेटरी फेलियर भइसकेको देखाउने उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group