ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गम्भीर मानव अधिकार उल्लंघनका घटनामा माफी दिने पक्षमा छैनौँ – प्रचण्ड


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   ३ : ४६   बजे

काठमाडौं ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड ले आफूहरू ‘ब्ल्यांकेट एम्नेस्टी’को पक्षमा नरहेको बताएका छन्।

टीआरसी विधेयकका सन्दर्भमा आज संसदमा बोल्दै प्रचण्डले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा क्षमा नहुने बताएका हुन्।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग पीडितमैत्री हुन्छ कि हुँदैन भनेर लामो सयम विभिन्न स्तरमा गम्भीर छलफल गरेको भन्दै प्रचण्डले यसबारे फैलाइएका भ्रमहरू चिर्न सफल भएको उल्लेख गरे।

प्रचण्डले भने, ‘लामो समयदेखि यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन भन्ने बारेमा हामीले विभिन्न स्तरमा गम्भीर संवाद गर्‍यौं। हामीले देशभित्र विभिन्न पीडित संस्थाका प्रतिनिधिहरूसँग, पीडित परिवारहरूसँग, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग लामो समयदेखि निरन्तर संवाद गर्दै रह्यौं। यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन या यसले मेलमिलापको नाममा पीडितलाई थप पीडा दिने त होइन भन्ने चिन्ता हामी सबैले व्यक्त पनि गर्‍यौं र यसलाई बढीभन्दा बढी पीडित केन्द्रित बनाउने कोसिसगर्‍यौँ।’

प्रचण्डले अगाडि भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता र परम्परा अनुसार स्थापित मूल्य(मान्यता अनुसार हुन्छ कि हुँदैन, किनकी सुरुका दिनहरूमा यसमा धेरै नै विवाद के भयो भने हामी एम्नेष्टिमा जाँदै छौं, हामीले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पनि क्षमा दिँदै छौं भन्ने प्रचार पनि धेरै भयो। हामीले त्यसलाई पनि चिर्‍यौँ। हामी ब्ल्याङ्केट एम्नेस्टीको पक्षमा छैनौं, गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरूको न्यायिक निरुपण गर्छौं भन्ने कुरा हामीले स्पष्ट गर्‍यौँ र यहाँसम्म आउँदा त्यस कुरामा अन्तर्राष्ट्रिय समुदायमा पनि अब कुनै भ्रम छ भन्ने मलाई लाग्दैन।’

अहिले विधेयकमाथि छलफल गर्दैगर्दा अन्तर्राष्ट्रिय समुदाय सबैको मूलभूत रुपमा सहमति रहेको भन्न पाउँदा आफूलाई खुशी र गर्वको महसुस भएको प्रचण्डले सुनाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu