ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी विद्रोह, नाकावन्दी र राजाको भूमिकाबारे कमल थापाको पुस्तकमा के छ ? (भिडियो अन्तर्वार्ता)


एबीसी न्यूज
१ भदौ २०८१, शनिबार   ४ : ४५   बजे

काठमाडौं १ भदौ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उनका समकक्षी भारतीय विदेशमन्त्री सुस्मा स्वराजलाई दिल्लीमा पुगेर आफूहरुले चीनसँग पारवाहन सन्धि गर्न लागेको अग्रिम जानकारी गराएको खुलासा गरेका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक–विशेषमा प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै थापाले विगतमा विभिन्न प्रधानमन्त्रीहरुसँग काम गर्दाखेरीको अनुभव बताएका छन् ।
थापाले भने – मैले मेरो नयाँ किताव नाकाबन्दी र भूराजनीतिमा परराष्ट्र मामिलासँग भएका विभिन्न रहस्यमय कुराहरु खोतल्ने प्रयास गरेको छु । उनले भने –०४७ सालमा लखेटिंदा वा ०६४ सालमा लखेविटंदा भन्दा पनि २०७८ सालमा भएको पार्टीको महाधिवेशन नै मेरा लागि निकै पीडादायी भयो । थापाले ०७८ सालमा भएको पार्टीको महाधिवेशनमा आफ्ना विरुद्ध दरबारले नै षडयन्त्र गरेको यस अघि पनि पटक पटक बताउँदै आएका छन् । राजनीतिमा तपाई औचित्यहीन हुनु भएन ? भन्ने प्रश्नमा उनले भने – तत्काललाई त्यस्तो देखिए पनि मेलै बोकेको परम्परावादी सम्वर्धनवादी राजनीतिको औचित्य जहिलेसुकै रहन्छ ।
कमल थापाले आफ्ना विगतका अनुभव र आगामी दिनमा के गर्ने भन्ने बारेमा सोचिरहेको बताउँदै कांग्रेस र एमालेले संविधान संशोधनको नाममा समानुपातिक र समावेशी प्रणालीलाई चलाउन खोजे भने देश लथालिंग हुनसक्ने चिन्त व्यक्त गरेका छन् । थापाको नयाँ पुस्तक नाकावन्दी र भूराजनीति भदौ १० गते सार्वजनिक हुनेछ ।
थापासँगको अन्तर्वार्ता शुक्रबार राती ९वजे प्रसारण भएको थियो । यो अन्तर्वार्ता एबीसी टिभी नेपाल युट्युवमा गएर हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu