काठमाडौं १७ भदौ । आज कुशे औँसी। हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन वैदिक सनातन धर्मावलम्बीले देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र वनस्पती कुश घर–घरमा भित्र्याएर कुशे औँसी पर्व मनाउँदै आाएका छन्।
कुशे औँसीको अवसरमा आज काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुआमाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको अहिले भिड छ।
बाबुआमा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै आफ्नो कूल स्थिर हुने धार्मिक विश्वास छ।
प्रतिक्रिया दिनुहोस्