ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिन आवेदन र सिफारिस माग


एबीसी न्यूज
१८ भदौ २०८१, मंगलबार   १ : ४६   बजे

काठमाडौं १८ भदौ । सरकारले यो वर्ष प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि तयारी थालेको छ ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार अनुदान सहयोग वितरण मापदण्ड २०८१ बमोजिम पुरस्कार र प्रोत्साहन वितरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयारी गरेको हो ।

१५ साउनमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतलाई प्रदान गरिएको पुरस्कार वार्षिक रुपमा वितरण हुन नसकेको भन्दै ध्यानाकर्षण जनाएका थिए । त्यसपछि प्रधानमन्त्री कार्यालयले त्यसको तयारी गरेर १ असोजमा पुरस्कार वितरण गर्ने तय गरेको छ ।

१४ भदौमा सार्वजनिक सूचना प्रकाशन गरेर पुरस्कार तथा अनुदान सहयोगका लागि आवेदन माग गरिएको छ ।

मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा अन्वेषणको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई यो पुरस्कार तथा अनुदान सहयोग दिने व्यवस्था कार्यविधिमा छ ।

बालबालिका, युवा र अन्य खालका प्रतिभाहरुमध्येबाट उत्कृष्टलाई वर्षैसाल २० लाख रुपैयाँ पुरस्कार राशीको राष्ट्रिय प्रतिभा पुरस्कार दिने व्यवस्था छ । यस्तै क्षेत्रमा काम गरिरहेकाहरुलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग’ दिने कार्यक्रम पनि छ ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक सथानीय तहबाट यो पुरस्कार तथा अनुदानका लागि २र२ जनाको नाम मागेको छ । २४ भदौभित्र स्थानीय तहले पठाएका नाम समेत समावेश गरेर पुरस्कार सिफरिस गरिनेछ ।

१७ मंसिर २०७५ मा सरकारले दुई करोड २० लाखको कोष स्थापना गर्दै पुरस्कार दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group