ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी बोर्डको सीईओका लागि ५ जना सूचीकृत, मंगलबार अन्तर्वार्ता


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   ३ : १५   बजे

काठमाडौं २३ भदौ ।   लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले प्रमुख कार्यकारी अधिकृत ९सीईओ०का लागि सूचीकृत भएका पाँच जनासँग मंगलबार अन्तर्वार्ता लिने भएको छ।

एक सूचना जारी गर्दै सचिवालयले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा ७ अनुसार उक्त पदमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्न उनीहरुलाई बोलाएको हो।

सूचीकृत भएकाहरुमा अर्घाखाँचीका विष्णु प्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र काठमाडौंका भीष्मराज ढुंगाना छन्।

यीमध्ये ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी रहिसकेका छन् भने ढुंगाना धितोपत्र बोर्डका पूर्वअध्यक्ष रहिसकेका छन्। सूचीकरणमा परेका काफ्ले गण्डकी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका पूर्वकार्यकारी निर्देशक हुन्।

मंगलबार दिउँसो ३ बजेदेखि पाँचै जनाको सूचीकृत क्रमानुसार लगानी बोर्डको कार्यालय नयाँबानेश्वरमा रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण हुनेछ।

उनीहरुलाई तोकिएको समयभन्दा ३० मिनेट अगाडि नै उपस्थित हुन भनिएको छ।

अन्तर्वार्तापछि सचिवालयले सरकारलाई ३ जनाको नाम सिफारिस गर्नेछ भने तीमध्ये एक जना मन्त्रिपरिषद्बाट बोर्ड सीईओ नियुक्त हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group