ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै


मनिषा लामिछाने
७ आश्विन २०८१, सोमबार   ७ : ५५   बजे

काठमाडौं । सातौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्ष यस दिवसको नारा ‘साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको सन् २०१७ डिसेम्बर १९ को ७२औँ महासभाले हरेक वर्ष सेप्टेम्बर २३ तारिखलाई श्रवण शक्ति नभएका नागरिकहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेसँगै संसारभर साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ मनाउने गरिएको हो ।

श्रवण शक्ति नभएकाहरु (बहिराहरु) को पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्ममा झण्डै सात हजार सङ्केत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल ‘एप्लिकेशन’ विकास गरिएको छ ।

यसैबीच, राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ ।

महासङ्घले साङ्केतिक भाषा दिवसको पूर्वसन्ध्यामा आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको माग गरेको हो ।

‘शिक्षा लगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी बहिरा समुदायको मूल प्रवाहिकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चार जगत, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासङ्घ आव्हान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

बहिरा नागरिकका हकअधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै विभेदपूर्ण रहेको महासङ्घको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group