ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय उडानका जहाज मनसुनी वर्षाले लामो समयसम्म आकाशमै ‘होल्ड’ भए


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   ४ : १५   बजे

काठमाडौं ११ असोज । थाई एयरवेजको जहाज नेपाली आकाशमा झण्डै २ घण्टा फन्को मारेर बल्ल ‘ल्यान्ड’ भएको छ।

१२ः२५ मा अवतरण गर्ने ‘स्केजुल’ भए पनि प्रतिकूल मौसमका कारण थाई एयरवेजले लामो समय लिएर दिउँसो २ः२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

थाई एयरवेजको बैंककबाट काठमाडौं आएको हो। काठमाडौंमा बिहानैदेखि मनसुनी वर्षात् भइरहेको छ।

त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौं आएको इन्डिगोको जहाज पनि आकाशमा लामो समय ‘होल्ड’ भएको छ। इन्डिगोको ६ई११५३ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण होल्ड हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

इन्डिगोको १ः५ मा ल्यान्डिङ स्केजुल रहेकामा १ः३० मा अवतरण हुने अनुमानित समय थियो। अहिले यो जहाज पनि अवतरण भइसकेको विमानस्थलले जनाएको छ।

त्रिभुवन विमानस्थलका अनुसार अहिले अन्तर्राष्ट्रिय उडानका अधिकांश जहाज अवतरण भइसकेका छन्।

उक्त दुईबाहेक दोहाबाट आएको नेपाल एयरलाइन्स, दोहाबाटै आएको कतार एयरवेज, टियांफुबाट आएको एयर चाइना, ढाकाबाट आएको विमान बंगलादेश, क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्स, ल्हासाबाट आएको हिमालय एयरलाइन्स, ग्वान्झाउबाट आएको चाइना साउदर्नको जहाज अवतरण भएको विमानस्थलले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu