ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तकोशीको टापुमा फसेका २५ जना सकुशलै


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १२ : १७   बजे

काठमाडौं १३ असोज । अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुरबारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालक कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।

बालचनखोरिया क्षेत्रमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाको टोली आइतबार बिहानै बोट लिएर गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईका अनुसार नदीमा फसेका २५ जना कृषक सकुशलै छन् । उनीहरू आफन्तको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो । नदीमा आइतबार बिहानदेखि नै पानीको बहाव घट्दै गएपछि अवस्था सहज हुँदै गएको हो ।

टापुमा फसेका वराहक्षेत्र २ का पाँच जना र वराहक्षेत्र छ ठाकुरबारी क्षेत्रका का १५ जना सकुशल रहेको प्रहरी निरीक्षक राईले बताउनु भयो । वराहक्षेत्र ९ को राजावास नदी क्षेत्रको टापुमा फसेकाहरु पनि सकुशल रहेको प्रहरीले जनाएका छ । नदीको बिच भागमा गोठ राखेर बसेका कृषकहरू डुङ्गा लिएर आफै नदी वारपार गर्दै आएका थिए । कृषकहरू टापुमा छाडा चरिचरण हुने भएकाले वर्षौँदेखि पशुको गोठ राखेर चरिचरन गर्दै आएका छन् ।

शनिवार नदीको बिच भागमा फसेका कृषकहरूको उद्धार गर्न सबै प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन । वराहक्षेत्र नगरपालिका ६ चिलैया र ९ को टापु क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सप्तकोशी नदीको बिच भङ्गालोमा फसेका थिए । उद्धार गर्न बोट जान नसकेपछि हेलिकप्टर मगाए पनि प्रतिकूल मौसमका कारण आउन सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu