ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका एक बालकको मृत्यु, तीन घाइते


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   १२ : ३५   बजे

काठमाडौं १७ असोज ।  सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा बिहीबार बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन जना बालक घाइते भएका छन् । बिहीबार बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँदा नहरमा माछा मारिरहेका बालकहरूमाथि बजारिन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मुसैलीका दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको छ । रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

ट्याक्टर पल्टिँदा जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते दिनेश साहका अर्का छोरा १० वर्षीय आर्यन साहको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । दुर्घटनामा परेको ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समाचार प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्न नमिल्ने : सर्वोच्च

आफ्ना मन्त्रीलाई ‘कन्ट्रोल’ गर्न प्रधानमन्त्री बालेनलाई वर्षमान पुनको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu