ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा हिन्सले मनायो चीनको ७५औँ राष्ट्रिय दिवस


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   १२ : ५६   बजे

काठमाडौं १७ असोज । नेपालीलाई स्थानीयसँग घुलमिल गराउने उद्देश्यसहित हङकङ एकीकृत नेपाली समाज लिमिटेड ९हिन्स०ले समय(सममयमा विविध कार्यक्रम गर्दै आइहेको छ। यस्तै प्रयासस्वरुप पछिल्लो पटक मंगलबार चीनको ७५औँ राष्ट्रिय दिवस मनाएको छ।

हङकङमा रहेका नेपाली समुदायबीच सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको हिन्सले जोर्डनस्थित सांघाई स्ट्रिटमा रहेको आफ्नो कार्यालयमा ७५ नम्बरले सजिएको केक काटेर मुख्यभूमि चीनको राष्ट्रिय दिवस मनाएको हो।

हङकङ बसोबास गर्दै आएका प्रथम नेपाली ओलम्पियन बक्सर नामसिं थापा, कम्युनिटी सर्भिस डाइरेक्टर चङ यिङ यिङ तथा हिन्सका बोर्ड अफ डाइरेक्टरका अध्यक्ष अधिराज राईले संयुक्त रूपमा केक काटी कार्यक्रमको शुभारम्भ गरेका थिए।

 

लामो समयदेखि हङकङमा बस्दै आइरहेको नेपाली समाजले चिनियाँ भूमिमा स्थानीयसँग घुलमिल र एकीकृत हुनैपर्ने मान्यतासहित हिन्सले यस प्रकारका कार्यक्रमहरू गर्दै आइरहेको अध्यक्ष राईले नेपालखबरलाई बताए।

हिन्सले विगतमा हङकङ सरकारको होम ब्युरोबाट नेपाली समुदायका लागि प्रायोजित कार्यक्रम ‘नेप्लिज कम्युनिटी सर्भिस टिम’ १० वर्ष सञ्चालन गरिसकेको छ। यस्तै, हङकङमा आयोजित एसियाली राष्ट्रहरूको सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै धेरै पटक प्रस्तुति दिइसकेको छ।

साथै, कार्यालय प्रयोजनका लागि हङकङ सरकारबाट सरकारी घर प्राप्त गर्ने हिन्स एक मात्र नेपाली संस्था हो।

कार्यक्रममा ग्यालेक्सी डान्स स्टुडियोका सोना लावतीद्वारा प्रशिक्षित बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा संस्थाको उद्देश्यलाई प्रोत्साहन दिने व्यक्तित्व तथा कार्यक्रममा रौनकता थप्ने ग्यालेक्सी डान्स स्टुडियोका बालबालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्ना मन्त्रीलाई ‘कन्ट्रोल’ गर्न प्रधानमन्त्री बालेनलाई वर्षमान पुनको आग्रह

वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे संसदीय छानबिन समिति बनाउन शाहीको माग

सम्बन्धित

सी चिनफिङको कडा सन्देश : ‘अदम्य लडाइँको भावना’ प्रदर्शन गर्न आह्वान

इरानविरुद्ध परमाणु हतियार प्रयोगबारे अमेरिकामा उच्चस्तरीय बैठक भइरहेको दाबी

किशनगढको ‘सेतो मरुभूमि’ : सङ्गमरमरको फोहोर पर्यटकीय गन्तव्य बन्दै

अमेरिका–इरान वार्ता अहिलेसम्मकै बलियो चरणमा : जारेड कुसनर

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसी नेतालाई ११ वर्ष जेल

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu