ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपी राजमार्ग, कान्ति लोकपथ र जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   १ : ०७   बजे

काठमाडौं २१ असोज । अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग र कान्ति लोकपथ अझै खुलेको छैन । हिजोदेखि बझाङको जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । छबिसपाथिभेराको बालुबाटारमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि पूर्ण रुपमा अवरुद्ध छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक हिजोदेखि सञ्चालनमा आएको छ ।

अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि– काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।

काठमाण्डौको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ ।

बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । त्यसकारण त्यहाँ तत्काल यातायात सञ्चालन गर्न नसकिने सडक विभागले जनाएको छ । बाढीले बगाएको बाटो बनाउन नसक्दा पूर्व जाने यात्रुले वैकल्पिक बाटो खोज्न थालेका छन् । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाण्डौ–हेटौँडा जोड्ने सडक बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu