ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गल्फ देशमा कामदार पठाउने काममा अवरुद्ध


admin
२२ फाल्गुन २०७४, मंगलबार   २ : ५४   बजे

काठमाडौं, २२ फागुन । खाडी देशहरूको समूहले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणको प्रक्रिया परिवर्तन गरेपछि तीनवटा मुलुकमा कामदार पठाउने काम एक सातादेखि अवरुद्ध भएको बताइएको छ।

गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी०ले साउदी अरेबिया, ओमान र बहराइन जान चाहनेले विदेशी मुद्राको खाता खोली १० डलर तिरेर मात्र अनलाइनमार्फत् स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान लागू गरेको छ।

जीसीसीले साउदी अरेबिया, ओमान र बहराइन जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणको व्यवस्था गर्दै आएको संस्थाको अनुमति खारेज गरी फागुन १७ गतेदेखि अनलाइनमा नै समय र सिट सुरक्षित गर्ने व्यवस्था लागू गर्‍यो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विदेशी मुद्रामा शुल्क तिर्ने भनी गरिएको व्यवस्थाका कारण समस्या आएको बताउँछन्।

अनलाइन

उनले भने, ‘स्वास्थ्य परीक्षण गर्न अनलाइनमार्फत् दर्ता गर्ने र क्रेडिट कार्डबाट १० डलर शुल्क तिर्नु पर्ने नयाँ नियम जीसीसीले ल्याएको छ। तर ती मुलुकमा जाने नेपाली श्रमिकको नाममा डलर खाता पनि छैन र राष्ट्र ब्याङ्कको अनुमतिविना डलर विदेश पठाउन मिल्दैन।’

संघका अनुसार दिनहुँ जसो कैयौँ नेपाली कामदार यी मुलुकका लागि जाने गरेका छन्।

अनलाइनमा उपलब्ध करिब एक दर्जनमध्ये कुनै पनि स्वास्थ्य संस्था रोज्न सकिने व्यवस्था गरिएको बताइएको छ।

स्वास्थ्य परीक्षण गरेबापत हाल तिरिरहेको ५५ सय रुपियाँ शुल्क नयाँ व्यवस्थामा समेत कायम रहनेछ।
सरकारले भने जीसीसीले जारी गरेको नयाँ नियम आफूलाई जानकारी नभएको बताएको छ।

 

बिबिसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group