ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ वर्षीया किशोरीको हत्या


एबीसी न्यूज
२८ आश्विन २०८१, सोमबार   ११ : २९   बजे

काठमाडौं २८ असोज । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ ।

भाटागाउँकी की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

घटनास्थल निज टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।

डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन । स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदैआएका छन् । डिएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताउनुभयो । ‘जवरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्विकार गरेपछि आवेशमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन, उहाँले भन्नुभयो ।

१४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट पिठो पिस्न मिलका लागि हिडेकी थिइन् । ‘स्थानीय रहेका भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि नै थियो, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्र किशोरीको हत्या गरेको हुनसक्छ । हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको थिए ।’

भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारीले फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ । ‘मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल भित्र राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेका थिए । डिएसपी श्रेष्ठले भन्नुभयो, ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेका रहेछन् । शव बजार छेउमै फालेर घर गएका रहेछन् ।’

उक्त ठाउँमा मृत किशोरी फेला परेको भन्दै प्रहरीलाई राति ११ बजे खबर भएको थियो । भण्डारीलाई बिहान ३ बजे प्रहरीले घरबाट नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री र गण्डकी मुख्यमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu