ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘उद्योगधन्दा बन्द गर्न र देश बिगार्न दिइन्न’


एबीसी न्यूज
२६ कार्तिक २०८१, सोमबार   ८ : ४३   बजे

काठमाडौं २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुको काटिएको विद्युत लाइन नजोडिएको विषयलाई हेर्दै जाने बताउनु भएको छ ।

विराटनगरबाट काठमाडौं फर्किनुअघि होटल ह्यारिसनमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री ओलीले विद्युत लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन नभएको विषयमा सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो ‘आज पनि जोडिएन होइन, ल ठिक छ १ त्यो हेर्दै जानुपर्छ । तर देश बिगार्न, उद्योग धन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’

पत्रकारहरुसँग खासै खुल्न नचाहनु भएका प्रधानमन्त्री ओलीले एसपीपीको सम्बन्धमा वर्तमान सरकारलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रचण्डजीहरुको सरकार हुँदा त्यसबेला एसपीपीको अलिअलि कुरा चलेको सुनिएको हो, अहिले सम्झौताको कुरा नै भएको छैन ।’

संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको गुनासो आइरहेको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘त्यस्तो होइन होला, खाली अधिकारको कुरा होइन कामको कुरा गरौं न,’ भन्नुभयो । ‘अधिकारको कुरा भन्दा कामको कुरा गरौं, काम अगाडि बढेका छन्, देश र जनताका लागि काम गर्नु पर्‍यो । विकासको कुरा, सुशासनको कुरातिर पो ध्यान दिनुपर्छ त,’ प्रधानमन्त्री ओलीले जवाफमा भन्नुभयो ।

काँग्रेस नेता डा। शेखर कोइरालाले सरकारले काम गर्न सकेन भनेर भन्दै हिँडिरहनु भएको छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘त्यस्तो होइन होला’ भन्दै जवाफ दिनु भएन ।

बजारमा अनेकथरी हल्ला चल्ने गरेको भन्दै उहाँले भन्नुभयो ‘सरकार नै ढल्छ भन्ने हल्ला छ त १ एक वर्षपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, त्यसपछि उहाँले चुनाव गर्नुहुन्छ, चुनावले जे परिणाम दिन्छ त्यही कार्यान्वयन हुन्छ ।’

यसैबीच, सोमबार विहान विराटनगर विमानस्थलमा एक वाक्यमा पत्रकारको जवाफ दिनुभएका प्रधानमन्त्री ओलीले देश विकास र समृद्धि तर्फ अगाडि बढिरहेको बताउनुभएको थियो ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुलाई प्रवेश दिइएको थिएन भने अपरान्ह होटलबाट बाहिरिने बेलामा करिब दुई मिनेट मात्र पत्रकारसँग भेट गर्नुभएको थियो । होटल ह्यारिसनमा उहाँले केही उद्योगी व्यवसायी, पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । उहाँले पार्टीका नेताहरुसँग ग्रामथान गाउँपालिकाको चुनावको सन्दर्भमा केही जानकारी लिनु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group