ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन मन्त्रीले करोड घुस लिएर क्यासिनो लाइसेन्स दिएको कांग्रेस सांसद बजगाईँको दाबी


एबीसी न्यूज
२७ कार्तिक २०८१, मंगलबार   २ : १०   बजे

काठमाडौं २७ कात्तिक । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका छन् ।

प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन् ।

बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन्( एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं ।

पछिल्लो समय सांसद बजगाईँले पर्यटनमन्त्री असफल, असक्षम र नालायक भएको भन्दै हवाई टिकट कालोबजारीविरुद्ध माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।

उनले क्यासिनो सञ्चालन अनुमति दिँदा घुस खाएको आरोप लगाएपछि यो विवाद थप बढ्ने देखिएको छ । पाण्डे मन्त्री भएपछि साउनमा क्यासिनोले अनुमति पाएको देखिन्छ ।

क्यासिनो सञ्चालन अनुमतिपत्र लिँदा ४ करोडसम्म घुस लिने दिने प्रचलन छ । आफूले भैरहवा विमानस्थल चलाउन पूर्व तयारी भएन भन्दा मन्त्रीले आफ्नोविरुद्ध सामाजिक संजालमा स्पोन्सर प्रचार गरेको आरोप समेत लगाएका छन् ।

टाइगर प्यालेस होटल आफैँमा विवादमा छ । सार्वजनिक जग्गा मिचेर बनाएको होटलको विक्री तथा हक हस्तान्तरण नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ । तर केही कांग्रेस नेताको रोहबरमा बुद्धि सुवेदीलगायत गैरआवासीय नेपालीहरूको एउटा समूहले विदेशमै सो होटल किनबेच गरेको थियो ।

त्यसमा अनुसन्धान गर्न अख्तियारले राष्ट्रबैंकले निर्देशन समेत दिएको छ । सोही होटललाई क्यासिनो अनुमतिपत्र दिँदा मन्त्रीले करोड करोड घुस लिएको आरोप सांसद बजगाईँले लगाएका छन् ।

सो होटलको क्यासिनोले रोयल्टी नबुझाएपछि तत्कालीन मन्त्री प्रेम आलेले बन्द गराएका थिए । रोयल्टी नतिरी विदेश भाग्न लागेका क्यासिनो सन्चालक माइक बोल्सेभरलाई विमानस्थलबाट फर्काएर रोयल्टी तिराइएको थियो ।

केही दिनअघि मन्त्री पाण्डेले सभापति शेरबहादुर देउवालाई भेटेर सांसद बजगाईँलाई सम्झाइदिन भनेका थिए । तर देउवाले ‘त्यसलाई त म केही भन्दिन यार’ भन्ने जवाफ दिएको प्रत्यक्षदर्शीले बताए ।

मन्त्री पाण्डेले कांग्रेसका कुन नेताको घरमा पैसा पठाउन लगाए भन्ने सांसद बजगाईले खुलाएका छैनन् । मन्त्री पाण्डेमाथि पर्यटन बोर्डको सिइओ नियुक्तिमा समेत पैसा खाएको आरोप छ । यद्यपी पाण्डेले भने गुटको नेताले भनेर नियुक्ति गरेको भन्दै पैसा आफूले नलिएको जिकिर गरेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव ल्याउन ढिलाइप्रति रास्वपा सांसदको आक्रोश

प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक बहुमतले स्वीकृत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu