ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकट नपाउँदा १४ सय श्रमिक कोरिया उड्न पाएनन्


एबीसी न्यूज
६ मंसिर २०८१, बिहिबार   १ : ०२   बजे

काठमाडौं ६ मंसिर । रोजगार अनुमति प्रणाली ईपीएस मा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड्नबाट रोकिएका छन् ।

टिकट उपलब्ध गराउने जिम्मेवारी पाएको कोरियन एयरको जिएसए युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई टिकट उपलब्ध गराउन नसकेको हो । हवाई टिकट उपलब्ध गराउन नसक्दा श्रमिकहरूको हवाई उडान प्रभावित बन्दै आएको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठले श्रमिक उडाउने जिम्मेवारी पाएको युनिभर्सल टुर एण्ड ट्राभललाई छिटो पठाउन ताकेता गरिराखिएको बताए । ‘दसैं र तिहारको बीचमा एकैपटक धेरै जना श्रमिकको भिसा लागेर आएको हो । जसले गर्दा श्रमिकहरूको उडान प्रभावित बनेको हो,’ उनले भने, ‘नोभेम्बर महिनामा धेरै कम उडान भयो । डिसेम्बरमा ६५० जना श्रमिक उडाउने टिकट तालिका पाइसकेका छौं ।’

कोरिया जाने श्रमिकले ट्रान्जिट प्रयोग गर्न पाइँदैन । युनिभर्सलले एउटा टिकटको ८ सय ९५ डलर ९करिब १ लाख १९ हजार रुपैयाँ० मा श्रमिक उडाउने टेन्डर पाएको थियो । युनिभर्सलले हाल कोरिया जाने नियमित श्रमिकबाहेकलाई सरदर एकलाख ५० हजार रुपैयाँमा उपलब्ध टिकट बेचिरहेको छ ।

कोरियन एयरको हप्तामा सिओल–काठमाडौंको सिधा उडान तीन वटा छ । भिसा जारी भएको तीन महिनाभित्र श्रमिक कोरिया पुगिसक्नुपर्नेछ । ‘पछि समस्या नपरोस भनेर हामीले सम्बन्धित ठाउँमा ध्यानकर्षण जनाइसकेका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

गत साउन एकदेखि कार्तिक ३० गतेसम्म ३१ सय ७२ जना श्रमिक कोरिया उडिसकेका छन् । उत्पादन क्षेत्रमा ८ हजार एकसय ५१, कृषि क्षेत्रमा ८ हजार ५ सय, पानी जहाज निर्माण क्षेत्रमा चार हजार गरी २० हजार ६ सय ५१ जना रोष्टरको सूचीमा छन् । उनीहरूलाई रोजगारदाताले छनोट गर्न बाँकी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu