ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन


एबीसी न्यूज
७ मंसिर २०८१, शुक्रबार   १२ : ३२   बजे

काठमाडौं ७ मंसिर । काठमाडौँका ३ ठाउँमा प्रदर्शनको आयोजना गरिएको छ । नेकपा एमालेले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दै छन्।

प्रदर्शन स्थल र भेला जम्मा भएर प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनको क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।

सुरक्षाको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले गर्ने भएका छन् । घिमिरेले भने, ‘काठमाडौँको एसएसपीको कमान्डमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ ।’

प्रदर्शन स्थलको सुरक्षामा तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी कर्मचारी पनि परिचालन गरिएको छ । सुरक्षामा खटिने जनशक्तिलाई उपत्यका प्रहरी कार्यालयले ब्रिफिङ गरेको छ ।

प्रदर्शन अवधिभर काठमाडौँ उपत्यकाभित्र हिँडडुल गर्ने भीआईपीहरुलाई समन्वय गरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । उच्च पदस्थहरूलाई आवश्यकता अनुसार मात्रै हिँड्न र समन्वय गर्न भनिएको एसएसपी घिमिरेले बताए । उनले भने, ‘उपत्यका प्रहरी कार्यालयसँग समन्वय गरेर रुट लिएर मात्र यात्रा गर्न आग्रह छौँ ।’

यसअघि आफूखुसी हिँड्दा तत्कालीन मन्त्री प्रकाश ज्वालामाथि बालकुमारीमा आक्रमण प्रयास भएको थियो । प्रदर्शनकारीले ज्वाला चढेको गाडी जलाएपछि गोली चलाउँदा मानवीय क्षति भएको थियो । त्यस्तो घटना हुन नदिन प्रदर्शन आसपासको क्षेत्रमा जान उच्च पदस्थहरुलाई कडाइ गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group