ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


एबीसी न्यूज
२१ मंसिर २०८१, शुक्रबार   ८ : ५०   बजे

काठमाडौं २१ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश हजारभन्दा धेरै मानिस बिजुलीविहीन भएका छन् ।

कुनै पनि ठूलो मानवीय र भौतिक क्षति भने नभएको बीबीसीले जनाएको छ । केही घरहरुमा सामान्य क्षति पुगेको बीबीसीले जनाएको छ ।

शक्तिशाली भूकम्प लगत्तै सुनामीको चेतावनी दिईएकोले सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा रहेको एक होटललाई सुनामीको चेतावनी दिएर लगातार अलर्ट गराइएको थियो । तर अहिले सुनामीको चेतावनी रद्द भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवम् सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ ।

अमेरिकी भूगर्भविद्हरुले यस क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प सामान्यतः नदेखिएको बताएका छन् । उनीहरुका अनुसार हरेक वर्ष विश्वभर ७ म्याग्निच्युडका १० देखि १५ वटा भूकम्प आउने गरेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्कअनुसार यस वर्ष विश्वभर ७ म्याग्निच्युडका आठवटा भूकम्प गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

दक्षिण वेल्सको डढेलो नियन्त्रणमा गोर्खा सैनिक परिचालन

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu