ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमले टुङ्ग्याइदियो जनकपुरको अपराजित यात्रा


मनिषा लामिछाने
२६ मंसिर २०८१, बुधबार   १२ : २०   बजे

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको अपराजित यात्रा टुङ्ग्याइदिएको छ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको हो । ४ खेलमा अविजित रहेको जनकपुरको यो पहिलो हार हो भने सुदूरपश्चिमको चौथो जित ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुर १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भयो । जनकपुरका लागि जोशुआ ट्रोम्पले रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि भने कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले २–२ तथा स्कट कुग्गेलिजन, सैफ जैब र नरेन साउदले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन बनाए । इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए । जनकपुरका लागि शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।

यससँगै पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu