ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र इजरायलको षड्यन्त्रले सिरियाको सत्ता ढल्यो- इरानी नेता खामेनी


एबीसी न्यूज
२६ मंसिर २०८१, बुधबार   ३ : ३१   बजे

काठमाडौं २६ मंसिर । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सिरियामा बसर अल असदको शासन ढल्नुमा अमेरिका र इजरायलको हात रहेको बताएका छन्।

खामेनीले टर्कीको नाम नलिई उसलाई पनि दोष दिएका छन्।

‘सिरियामा जे भयो, त्यो अमेरिकी र यहुदीवादी योजनाको नतिजा थियो। यसमा कुनै सन्देह छैन,’ खामेनीको भनाइ इरानको तस्निम समाचार एजेन्सीले उधृत गरेको छ।

‘हो, सिरियाको एउटा छिमेकी सरकारले पनि यसमा भूमिका खेल्यो, खेल्दैछ। सबैले देखेका छन्। तर, मुख्य षड्यन्त्रकारी, मास्टरमाइन्ड र कमान्ड सेन्टर अमेरिका र यहुदीवादी सत्तामा छ,’ उनले भनेका छन्।

यसको प्रमाण पनि आफूहरूसँग रहेको उनको दाबी छ।

केही दिनयता इजरायलले सिरियामा लगातार बमबारी गरिरहेको छ। जसका कारण सामान्य हुँदै गएको जनजीवनमा त्रास बढेको बताइएको छ।

सिरियाली सहरहरूमा बुधबार पसलहरू खुलेका छन् भने मानिसहरू काममा फर्किन थालेका छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

सम्बन्धित

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

पीएसजीले फेरान टोरेसलाई ५० मिलियन युरोमा अनुबन्ध गर्‍यो

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu