ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   ४ : ५७   बजे

काठमाडौं १२ पुस । मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन्।

अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो।

‘यो खोज डिसेम्बर १८, १९ र २० मा भएका खोजी कार्यका क्रममा गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘पहिचान नखुलेका कङ्कालहरू र प्रमाणहरू सियुडाड जुआरेज सहरको फरेन्सिक मेडिकल सर्भिसको प्रयोगशालामा स्थानान्तरण गरिएको छ।’

चिहुआहुआ वर्षौँदेखि लागुऔषध तस्करी र संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूको तस्करीको मार्गका रूपमा सङ्गठित अपराधसँग जोडिएको हिंसाबाट प्रभावित छ।

आधिकारिक तथ्याङ्कअनुसार सन् १९५२ देखि अहिलेसम्म तीन हजार ९२७ व्यक्ति बेपत्ता भएका छन्। हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यहरू जालिस्को र तामाउलिपासमा सोही अवधिमा प्रत्येकमा १३ हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

आधिकारिक तथ्याङ्कअनुसार सन् २००६ मा सरकारले मानव बेचबिखनसँग लड्न सेना परिचालन गरेदेखि मेक्सिकोले लागुऔषधसँग सम्बन्धित हिंसामा चार लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu