ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्काको काँध चढेर म्याजिक नम्बरको धक्कु लगाउने दिन गए- प्रधानमन्त्री ओली


एबीसी न्यूज
१४ पुस २०८१, आइतबार   ९ : ००   बजे

काठमाडौं १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै अर्काको काँधमा बसेर धक्कु लगाउने दिन गएको टिप्पणी गरेका छन्।

नेकपा एमाले० को पर्सा जिल्ला कमिटीले आइतबार सखुवा प्रसौँनीमा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले मिलेर सरकार बनाएसँगै यस्तो धक्कु लगाउने दिन पनि गएको बताए।

‘एउटाको काँधबाट अर्काकाको काँधमा उफ्रिने, अर्काको काँधबाट फेरि अर्काको काँधमा उफ्रिने,’ उनको भनाइ छ, ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरी तन्त्र चलाउँदै गर्ने, अब तिनका दिन गए। त्यो दिन जानुपर्छ भनेर नै नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर अहिलेको संयुक्त सरकार बनाएको हो।’

प्रधानमन्त्री ओलीले बिगतमा देशको राजनीति अस्थिर बनाउने खेल भएका कारण दुई दल मिल्नु परेको समेत जिकिर गरे। ‘नेकपा एमाले र नेपाली कांग्रेसको सरकार छ, यस सरकारले गर्छ,’ उनले भने, ‘किनभने देशको राजनीति अत्यन्त अस्थिर भयो, फोहोरी खेल अत्यन्त चल्यो। बदमासीहरु भए। ठूला पार्टीका बीचमा झगडा लगाउने, अनि अनेक खालका सडयन्त्रकारीहरु र भ्रष्ट तत्वहरुले राज गरिरहने।’

अहिले दुई दलबीच कुनै गठबन्धन नभइ समीकरण बनेको प्रधानमन्त्री ओलीको भनाइ छ। उनले भने,‘यो कुनै गठबन्धन होइन, तपाईंहरुलाई गठबन्धन भन्ने बानी परेको होला। यो समीकरण हो। यो संयुक्त सरकार हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu