ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुग्यो


एबीसी न्यूज
१५ पुस २०८१, सोमबार   १० : ५३   बजे

काठमाडौं १५ पुस । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ७९ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

घटनास्थलबाट दुई जनाको जीवितै उद्धार भएको थियो । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्किँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका खबरमा उल्लेख छ ।

दक्षिण कोरियाको सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धानमा विमान अवतरणको नजिक पुग्दा चरासँग ठोक्किएको हुनसक्ने र खराब मौसम पनि दुर्घटनाको कारण हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu