ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   १ : ४४   बजे

काठमाडौं १७ पुस । संसदीय समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।  बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसंग गुठी समस्याबारे छलफल गरेपछि राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन गर्ने निर्णय गरेको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतका अधिकारीहरू थिए । मन्त्री अधिकारीले देशभरका गुठीको जग्गा सरकारले खोजिरहेको बताएका थिए ।

सांसदहरूले पनि गुठी समस्या समाधानमा के पहल भइरहेको छ भनेर सोधेका थिए । जवाफमा मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताएका हुन् ।

 

‘समस्या धेरै पहिले देखिकै हो । सरकारको अहिलेको प्राथमिकता गुठीको पुँजी कति छ भन्ने खोज्ने छ । यसकारण हामी देशभरकै गुठीको जग्गा खोज्दै छौं,’ मन्त्री अधिकारीले भने । दैलेखमा मात्रै ७ हजार रोपनी जग्गा एउटै गुठी अन्तर्गत रहेको र यस्तो देशका विभिन्न क्षेत्रमा रहेको उनले बताए ।

बैठकको अन्तिममा समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन निर्देशन दिएको हो । ‘समस्या छ समाधान गर्न जतिसक्दो छिटो गूठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिने,’ समितिको निर्णय सुनाउँदै सभापति सोनाम गेल्जेन शेर्पाले भने ।

जसलाई समितिले अनुमोदन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu