ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेबाट निकालिएका भीम रावलले जागरण अभियान सञ्चालन गर्ने, ओलीलाई ७४ वटा प्रश्न


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   ५ : ०१   बजे

काठमाडौं १७ पुस । नेकपा एमाले बाट निकालिएका नेता डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।

नेता रावलले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो । देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको उहाँले बताउनुभयो ।

यही पुस १० गते बसेको नेकपा एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । नेता रावलले एमाले अध्यक्ष ओलीले निरङ्कुश र अन्यायपूर्ण किसिमले आफ्नो पार्टी सदस्यता खाइदिएको आरोप लगाउनुभएको छ ।

महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिएकै कारण अध्यक्ष ओलीले ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम गरेको रावलले जिकिर गर्नुभयो । रावलले वाचन गरेको ३१ पृष्ठको विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न सोधिएका छन् । रावलले आफूले सोधेका प्रश्नको जवाफ अध्यक्ष ओलीले नदिएमा एमाले पार्टी सकिने दाबी गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गर्नुभएको छ । नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नुपरेको रावलको निष्कर्ष छ ।

यस्तै रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको जिकिर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu