ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १० : ११   बजे

काठमाडौं २१ पुस ।   अस्ट्रेलियन क्रिकेट टोली विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३(१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक पुगेको हो ।

भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३(१ ले कब्जा गर्‍यो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित ३४ तथा बेउ वेबस्टरले अविजित ३९ रन बनाए । उसमान ख्वाजाले ४१ रन बनाए । भारतका प्रसिध कृष्णाले तीन तथा मोहमद सिराजले एक विकेट लिए ।

त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो । भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०(विकेट फिगर पनि हासिल गरे ।

भारतले अन्तिम टेस्टमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनमै १८५ रनमा अलआउट भएको थियो । जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रतासहित १५७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।

 

पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो ।

टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ । दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनल खेल्ने छ ।

वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३(२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आगामी जुन महिनामा हुँदै छ । सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक(एकपल्ट जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्यूकेएस अन्तरविद्यालय फुटसलमा काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्ट च्याम्पियन

एसीसी प्रिमियर कपको तयारीमा नेपाल, भारतमा १० दिनको क्याम्प

क्यानडाको हारले नेपाललाई विश्वकप लिग–२ मा राहत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu