ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ बनाउने


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १ : १७   बजे

काठमाडौं २१ पुस । नेपाली कांग्रेसले स्थानीय तहमा जितेका स्थानमा पार्टी र जनप्रतिनिधिको संयन्त्र बनाउने भएको छ ।

पार्टीबाट जितेर गएका व्यक्तिको अन्तरसम्बन्ध टुट्टै गएको चिन्ता पार्टीमा उठ्न थालेपछि संयन्त्र बनाउन लागिएको हो। संयन्त्रलाई ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ नाम दिइएको छ ।

१६ माघ भित्र कांग्रेसले जितेका पालिकामा संयन्त्र बनाउने महामन्त्री गगन थापाले जानकारी गराए । संयन्त्रमा निर्वाचित जनप्रतिनिधि र पालिकाको पार्टी संरचनाबाट ३र३ र अन्य थप दुई गरी आठ सदस्यीय संयन्त्र हुनेछ । संयन्त्रमा रहने थप दुई जनामा विज्ञ, अभिभावकीय भूमिका खेल्नसक्ने व्यक्तिबाट छनोट गरिने भएको छ।

संयन्त्रको बैठक प्रत्येक २र२ महिनामा बस्नुपर्दछ । जनप्रतिनिधि र पार्टीको स्थानीय संरचनासँग सल्लाह र संवाद हुन नसकेको कारणले संयन्त्र बनाउन लागिएको महामन्त्री थापाले शनिबार पोखरामा बताए।

 

‘हाम्रो बीचमा संवाद भइरहेको छैन । हामी सँगै बस्न पर्‍यो । एक अर्काको कुरा सुन्न पर्‍यो,’ थापाले भने । कांग्रेसको बैठकहरुमा जितेकाले पार्टीसँग समन्वय नगरेको गुनासो बेला बेला उठाउँदै आएका छन् ।

जनप्रतिनिधि र पार्टी संरचनाको समन्वय गर्नका लागि संयन्त्र बनाउन लागिएको स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले जानकारी गराए । ‘जन चासो, जनगुनासोका सवालमाथि छलफल हुन्छ । जनप्रतिनिधिहरुले आफूले गरेको कार्यको जानकारी गराउँछन् । जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन पार्टीले सल्लाह सुझाव र सहयोग गर्छ,’ आचार्यले भने ।

कांग्रेसले जितेका पालिकाको संख्या ३३० छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group