ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटाङबाट चार बालबालिकाको उद्धार गरेर इटहरी लगियो


एबीसी न्यूज
२२ पुस २०८१, सोमबार   ८ : ५५   बजे

काठमाडौं २२ पुस । माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य यहाँका ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ।

छ वर्षदेखि आफ्नै घरको कोठामा थुनेर राखिएको एँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौ वर्षीया सुजता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई उक्त संस्थाले आज उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए।

‘उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ’, उनले भने, ‘जिल्लाका सहाराविहीन बालबालिकालाई खोजी गरी उद्धार गर्ने अभियानमा जुटेका छौँ।’

बुबाआमाले घरको कोठामा थुनेर राखेको ठाउँबाट उद्धार गरिएका बालक अङ्गबहादुर बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा रहेको जनाइएको छ। बुबाआमा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी कोठामा थुनेर राख्ने गरिएको उद्धारमा सहभागीले बताएका छन्।

उद्धार गरिएकी राखाबाङ्देलकै सुजताको बुबा नभएको तथा आमाले अर्कै विवाह गरेको पाइएको छ। सहाराविहीन दुई बालबालिकाको पालनपोषण तथा शिक्षादीक्षाका लागि व्यवस्था गर्न नसकेपछि माया घर नेपाललाई जिम्मा दिइएको सो वडाका वडाअध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिए।

त्यसैगरी उद्धार गरिएका बुइपाका विश्वहाङको बुबा पाँच वर्षदेखि बेपत्ता तथा आमाले अर्कैसँग विवाह गरेको पाइएको छ । बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीको घरमा बसिरहेको अवस्थाबाट उद्धार गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिए।

बुइपाकै रुविनको बुबा अपाङ्ग र आमासमेत असक्त रहेकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको जनाइएको छ।

उद्धार गरिएका चारैजना बालबालिकालाई ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आजै इटहरी पठाइएको हो।

जिल्लाबाट यसअघि मात्र चारजना सडक आश्रित मानव तथा दुईजना सहाराविहीन बालबालिकाको उद्धार गरिएको थियो। जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरेका उनीहरुलाई मानव सेवा आश्रम विराटनगर पठाइएको थियो। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu