ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् पोलले सडक निर्माण रोकिनु भएन -भौतिकमन्त्री दाहाल


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ५ : १६   बजे

काठमाडौं २५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युत् पोलका कारण राजमार्ग विस्तारमा ढिलाइ मान्य नहुने बताएका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणको क्रममा उनले सरकारी निकायबीच समन्वय र सहयोग अभावले निर्माण कार्य रोकिन नहुने बताएका हुन् ।

मन्त्री दाहालले बिहीबार झापा पाडाजुङ्गीदेखि दमक हुँदै मोरङ उर्लाबारी, पथरी, कानेपोखरी तथा विराटचोक क्षेत्रमा भइरहेका सडक विस्तार कार्य निरीक्षण गरे । त्यसक्रमा उनले विकास निर्माणको कामको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सबै निकायबीच दरिलो समन्वय आवश्यक रहेको बताए ।

‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो, तर त्यसलाई एक हदसम्म समाधान गरेका छौं,’ मन्त्री दाहालले भने, ‘वन संरक्षण एवं विद्युत्, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र विषय होइन, सबैको साझा सरोकारका विषय हुन् ।’

 

विद्युत् पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाइ हुन नदिन केन्द्रिकृत ठेक्काको सट्टा आवश्यक ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रबन्धन गर्नुपर्नेमा उनको जोड छ ।

‘पूर्वपश्चिम राजमार्ग विस्तारमा मात्र होइन, अन्य सडक निर्माण र विस्तारका क्षेत्रमा पनि विद्युत् पोल नसारिँदा काममा ढिलाइ हुनु भएन,’ मन्त्री दाहालले सडक विभाग एवं परियोजना निर्देशकलाई निर्देशन दिए, ‘तपाईंहरू पहल गर्नुस्, आवश्यक परे मन्त्रालयले समन्वय गर्ने छ ।’

पूर्वपश्चिम राजमार्ग विस्तार कार्य सरकारको उच्च प्राथमिकताको आयोजना भएको उनले उल्लेख गरे । त्यसकारण यसलाई तीव्र र चुस्त बनाउन सडक विभागलाई निर्देशन समेत दिए ।

यस राजमार्गले नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले नेपालको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुर्‍याउने मन्त्री दाहालले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu