ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको लस एन्जलसमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुग्यो


एबीसी न्यूज
२६ पुस २०८१, शुक्रबार   ७ : ४०   बजे

काठमाडौं २६ पुस । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । आगलागीमा परी ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको र ज्यान गुमाउनेहरूको पहिचान गर्न कैयौं हप्ता लाग्न सक्ने लस एन्जलसका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले लस एन्जलस क्षेत्रमा पाँच ठाउँमा आगलागी भइरहेको छ । पेलिसेड्स, एटन, केनेथ, हस्र्ट र लिडिया क्षेत्रमा आगलागी भइरहेको छ । लस एन्जलस प्रहरीले शहरको वुडल्यान्ड हिल्स क्षेत्रमा आगो लगाउने प्रयास गरेको आशङ्कामा एक जनालाई पक्राउ गरेको छ । तर स्थानीय अग्निनियन्त्रकले जङ्गलमा आगो जानाजानी शुरू भएको प्रमाण नभेटेको बताएका छन् ।

आगलागीका कारण झन्डै १० हजार संरचना ध्वस्त भएको छ । अहिलेसम्म एक लाख ८० हजार जनालाई स्थानान्तरण गरिएको र दुई लाख जनाभन्दा धेरै मानिस जोखिममा रहेका बीबीसीको खबरमा उल्लेख छ ।

आगलागीबाट ३४ हजार एकड क्षेत्रफल ध्वस्त भएको छ । लस एन्जलसको इतिहासमा यो सबैभन्दा विनाशकारी जङ्गलको आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

सुक्खा मरुभूमिको हावाले आगोलाई थप बल पुर्‍याइरहेको छ । निकै तीव्र गतिको हावाले आगोलाई अझ फैलाउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आउँदा ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च सङ्घीय सरकारले बेहोर्ने घोषणा गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group