ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : ५५   बजे

काठमाडौं । इरानसँग जारी सैन्य तनावबीच अमेरिकी नौसेनाले मध्यपूर्वमा लामो समयदेखि तैनाथ विमानवाहक युद्धपोत **‘युएसएस अब्राहम लिंकन’**को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ परिचालन गर्ने तयारी थालेको छ। वाल स्ट्रिट जर्नलले यसबारे जानकारी दिएको हो।

‘युएसएस अब्राहम लिंकन’ दुई सय दिनभन्दा लामो समय समुद्रमै तैनाथ रहँदा त्यसमा कार्यरत करिब ५ हजार अमेरिकी नौसैनिक तथा मरिन्समा मानसिक तनाव, थकान र डिप्रेसन बढेको भन्दै परिवार तथा अमेरिकी सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।

तर पेन्टागन तथा अमेरिकी नौसेनाका अधिकारीहरूले ‘लिंकन’लाई फिर्ता गर्ने तयारी पूर्वनिर्धारित रोटेसन प्रक्रियाकै हिस्सा भएको बताएका छन्।

‘जर्ज वासिङ्टन’ मध्यपूर्वतर्फ

परमाणु ऊर्जाबाट सञ्चालित विमानवाहक युद्धपोत युएसएस जर्ज वासिङ्टन हालै भियतनामको दा नाङबाट प्रस्थान गरी सिंगापुर र मलक्का जलडमरूमध्य हुँदै हिन्द महासागरतर्फ अघि बढेको बताइएको छ।

अमेरिकी सैन्य गतिविधिबारे जानकार अधिकारीहरूका अनुसार उक्त स्ट्राइक ग्रुप मध्यपूर्व पुगेपछि होर्मुज जलडमरूमध्य तथा आसपासका क्षेत्रमा अमेरिकी नौसैनिक उपस्थितिको जिम्मेवारी सम्हाल्नेछ।

गत वर्ष नोभेम्बर २१ मा अमेरिकाको सान डिएगोबाट प्रशान्त महासागरका लागि प्रस्थान गरेको ‘अब्राहम लिंकन’लाई फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएपछि अचानक मध्यपूर्वतर्फ पठाइएको थियो। त्यसयता युद्धपोत निरन्तर तैनाथ रहँदै आएको हो।

चालक दलको मानसिक स्वास्थ्यबारे चिन्ता

दुई सय दिनभन्दा बढी समय समुद्रमै रहनुपर्दा चालक दलका सदस्यहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको दाबी अमेरिकी सांसद तथा नौसैनिकका परिवारहरूले गरेका छन्।

केही नौसैनिकमा आत्महत्याका विचार देखिएको र केहीले समुद्रमा फाल हान्ने प्रयाससमेत गरेको परिवारजनले दाबी गरेका छन्।

तर अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यस्ता दाबीलाई झुटा र अतिरञ्जित बताएका छन्। अमेरिकी नौसेनाले पनि जहाजमा आत्महत्याका घटनामा असामान्य वृद्धि नभएको दाबी गर्दै नौसैनिकका लागि काउन्सिलर, पादरी, स्वच्छ पानी तथा स्वस्थ खाना उपलब्ध रहेको जनाएको छ।

आपूर्ति व्यवस्थामा समस्या

इरानसँगको तनावका कारण परम्परागत आपूर्ति केन्द्र प्रभावित हुँदा खाना, सरसफाइका सामग्री तथा चिठ्ठीपत्र वितरणमा केही ढिलाइ भएको अमेरिकी नौसेनाले स्वीकार गरेको छ।

नौसेनाले आपूर्ति व्यवस्थामा देखिएको समस्या गम्भीरतापूर्वक लिइएको र त्यसको समाधानका लागि आवश्यक कदम चालिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारद्वारा संवैधानिक इजलासमा मुद्दा पठाउने प्रक्रियाप्रति आपत्ति

जेनजी आन्दोलनमा पक्राउ परेकाको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ्यो

सम्बन्धित

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

इजरायली सेनाले वेस्ट बैंकका प्यालेस्टिनीलाई घर खाली गर्न आदेश दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu