ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ‘टिकटक’ बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप ‘रेडनोट’ डाउनलोड गर्ने क्रम बढ्याे


एबीसी न्यूज
२ माघ २०८१, बुधबार   ८ : ०६   बजे

काठमाडौं २ माघ । अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा हिजो अर्थात् मङ्गलवार एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ ।

सोमवार र मङ्गलवार मात्रै अमेरिकाबाट सात लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । मङ्गलवार रेडनोटभित्र ‘टिकटक रेफ्युजी’ शीर्षकमा झन्डै ६३ हजार पोस्ट भएका छन् । सोमवार ५० हजार वटाभन्दा धेरै यस्ता पोस्ट भएका थिए ।

अमेरिकामा टिकटक प्रतिबन्धको तयारी हुँदै गर्दा टिकटक शरणार्थी भन्ने समूहको चर्चा बढेको छ । सियाओहङ्शु नामको चिनियाँ एप अङ्ग्रेजीमा रेडनोटको नामबाट डाउनलोड भइरहेको छ ।

सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक हो । चीनको इन्स्टाग्राम भनिने यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन् । यो एप टिकटक र इन्स्टाग्रामको संयोजनजस्तो देखिन्छ । यसमा प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्छन् ।

यसअघि जापान, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भियतनामलगायतका देशमा लोकप्रिय रहेको यो एप अहिले अमेरिकामा पनि लोकप्रिय बन्दै गएको छ । इन्डोनेसियाले अनधिकृत विद्युतीय व्यापारको कारण देखाएर यो एपमाथि कडा नियमन गरेको छ भने भारतले दुई वर्षअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै धेरै चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउँदा रेडनोट पनि परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group