ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने


एबीसी न्यूज
३ माघ २०८१, बिहिबार   ८ : २९   बजे

काठमाडौं ३ माघ । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । गएको १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आउँदो आइतवारदेखि लागू हुने बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाबाट इजरायली सेना फिर्ता गर्ने र हमासले बन्दी बनाएका सबै बन्धकहरूलाई रिहा गर्ने सर्तसहित पूर्ण युद्धविराम सम्झौता भएको पुष्टि गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस द्वन्द्वका पीडित र प्रभावितको ठूलो पीडा कम गर्नु पहिलो प्राथमिकता रहेको भन्दै प्यालेस्टाइनीहरूलाई थप सहायता सामग्री तथा सहयोग बढाउने बताउनुभएको खबरमा उल्लेख छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा झण्डै एक हजार दुई सय मानिसहरूको ज्यान गएको थियो । दुई सय ५१ जनालाई गाजामा बन्धक बनाएको थियो । ९४ जना अझै पनि हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान छ ।

गएको अक्टोबरमा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध शुरू गरेको थियो । यो युद्धमा अहिलेसम्म ४६ हजारभन्दा धेरै प्यालेस्टाइनीहरू मारिएका हमासले सञ्चालन गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu