ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणअन्तर्गत इजरायलले ७ सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने


एबीसी न्यूज
५ माघ २०८१, शनिबार   ५ : ०९   बजे

काठमाडौं ५ माघ । इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने स्विकृत सम्झौताको पहिलो चरणअन्तर्गत सात सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार सरकारले अहिले कारागार सेवाको हिरासतमा रहेका सात सय ३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।

मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार भोलि बिहानको दुई बजे रिहा गर्ने जनाएको छ । यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो ।

इजरायलको न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमास लडाकु समूहद्वारा रिहा गरिएका जीवित बन्धकको सङ्ख्यामा निर्भर हुने बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई गएराति अनुमोदन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवा फर्किएसँगै कांग्रेस एकताका लागि दबाब बढ्यो

गगन थापालाई मोहन बस्नेतको प्रहार : ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

सम्बन्धित

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu