ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्‍याउन लोसपाले बनायो उच्चस्तरीय समिति


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   २ : ३६   बजे

काठमाडौं ६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति बनाएको छ ।

पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्र नाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी उच्चस्तरीय वार्ता समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत् जनाएका छन् ।

राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्दै लोसपाले यसअघि नै पाँच सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदल खारेज गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरिएको ठाकुरले बताएका छन् ।

उक्त कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा। सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्रसहितको पाँच सदस्य थिए ।

 

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो ।
त्यस्तै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ ।

यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरूबीच संवाद थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सम्पत्ति छानबिन मुद्दा संवैधानिक इजलासमा पठाउने तयारीले सर्वोच्चमै प्रश्न : ‘इजलासको आदेशमाथि प्रशासनको हस्तक्षेप?’

कान्छाराम तामाङ : ‘चुनदेवीमा सभापतिको बोर्ड मैले कसैलाई नसोधी राखेको हुँ’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu