ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथिभरामा ग्लोबल आइएमइको केवलकार निर्माण विवादः प्रहरीले १२ सेल अश्रुग्याँस प्रहार गर्दा कैयौं घाइते


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   ८ : ५५   बजे

 

।

विराटनगर १२ माघ । ताप्लेजुङ पाथिभरामा ग्लोबल आइएमई समूहले बनाउन लागेको केबलकारको विरोधमा उत्रिएका स्थानइय बासिन्दा र र प्रहरीबीच झडप भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्लेपार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो । झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रु केही समय बाटोमै रोकिनु परेको थियो ।

पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको थियो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार केबलरकार निर्माणको विरोधमा रहेकाहरू संगठित रूपमा रोक्ने तयारीसहित भेला भएका थिए । त्यही क्रममा प्रहरी पुगेपछि झडप भएको हो ।

डीएसपी रावलले स्थानिय पहिचान पक्षधरको समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए । आन्दोलनरत पक्षले आन्दोलनका लागि ल्याएको खुकरी र गुलेली पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुंगको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।

पाथीभरा देवीको मन्दीर ताप्लेजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।

पाथीभरा देवी मन्दिर जानका लागि केवल कार निर्माण गर्ने निर्णय भएसँगै चार वर्षदेखि सो क्षेत्रमा आन्दोलन हुँदै आएको छ । सो क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै पटक पटक पहिचान पक्षधरहरूले ज्ञापन पत्र बुझाउँदै आएका छन् ।

पाथीभरा दर्शन केवलकार प्रा.लीले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएको छ । सो कम्पनीलाई सरकारले केवल कार निर्माणका लागि ४.९७ हेक्टर जमिन दिने निर्णय गरेको छ ।

पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्नेछ । केवलकार निर्माणका लागि २ अर्ब ५५ करोड लागत अनुमान गरिएको छ । पाथीभरा दर्शन केबलकार प्रा .लिले भने सरकारी अनुमति प्राप्त भएकाले १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ।सो कम्पनी व्यवसायी चन्द्र ढकाल नेतृत्वको आइएमइ ग्रुपको हो ।

केवलकार निर्माण हुँदा ताप्लेजुङका तीन वटा पालिकामा प्रभाव पर्ने छ । ती मध्ये फुङ्लिङ्ग नगरपालिकाका मेयर र श्रीजङ्गा गाउँपालिकाका मेयरले भने केवलकार निर्माण भए यस क्षेत्रको विकास हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group