ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले ९० दिनका लागि सबै वैदेशिक सहायता रोक्यो


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ८ : ४१   बजे

काठमाडौं १३ माघ । अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अहिले कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सोमवार हस्ताक्षर गर्नुभएको वैदेशिक अनुदान पुनर्मूल्याङ्कनसम्बन्धी कार्यकारी आदेशका आधारमा ट्रम्प प्रशासनले ९० दिनका लागि वैदेशिक सहायता रोकेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न जारी गरेको निर्देशनमा प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप बिस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष नबनाउन भनिएको छ ।

आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषका लागि गर्ने सहयोगमा रोक लागेको छैन । तर गाजामा मानवीय सहायता र सुडानलगायत विभिन्न देशको भोकमरीको सङ्कटमा सहायता प्रभावित हुने बीबीसीले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सम्बन्धित

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

इजरायली सेनाले वेस्ट बैंकका प्यालेस्टिनीलाई घर खाली गर्न आदेश दियो

होर्मुज संकटपछि खाडी मुलुक वैकल्पिक तेल मार्गको खोजीमा

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu