ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० अंकले घटे पनि ९ अर्ब बढीको सेयर किनबेच


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ३ : ४५   बजे

काठमाडौं १३ माघ । सेयरबजारमा साताको पहिलो कारोबार दिन नै गिरावट देखिएको छ।

बजार परिसूचक नेप्से १०।४१ अंकले घटेर २६४३।९३ विन्दुमा रोकिएको हो।

यस दिन १ करोड ५७ लाख बढी कित्ता सेयर बिक्री हुँदा ९ अर्ब १२ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस कारोबारमा ११६ वटा सेयर बढ्दा १२१ वटाको मूल्य घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाखको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड ४२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड ८७ लाख, सिन्धु विकास बैंकको २९ करोड २० लाख र सीईडीबी होल्डिङको २५ करोड ५६ लाखको सेयर किनबेच भएको छ।

बढेकामा भने उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले क्रमशः ४१३।२० र ७६।३० रुपैयाँ प्रतिकित्ता आम्दानी गर्न सफल भएका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १९१, आरम्भ चौतारी लघुवित्तका सेयरधनीले १०१।१० र सिक्लेस हाइड्रोपावरका सेयरधनीले प्रतिकित्ता ८६।६० रुपैयाँ आम्दानी गरेका छन्।

पहिलो कारोबार दिन ४ कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार बोटलर्स नेपाल ९बालाजु०, एनआईसी एसिया डिबेन्चर, डोल्टी पावर र जानकी फाइनान्सको सेयर १० प्रतिशतले घटेको हो। योसँगै यी सेयरका धनीहरुले क्रमशः प्रतिकित्ता १९००।५०, ११९।८०, ९९।५० र ४७।१० रुपैयाँ गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जाजरकोटमा बाढीले चार घर र झोलुङ्गे पुल बगायो, बाजुरामा पहिरोमा एकको मृत्यु

‘एक चीन सिद्धान्तप्रति नेपाल दृढ छ, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu