ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एक चीन सिद्धान्तप्रति नेपाल दृढ छ, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : २५   बजे

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बिहीबार सम्बोधन गर्दै उहाँले दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता तथा एकअर्काको भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो।

परराष्ट्रसचिव राईले ७१औँ वार्षिकोत्सवलाई कूटनीतिक पात्रोको नियमित घटना मात्र नभई नेपाल–चीनबीचको चिरस्थायी सम्बन्धको प्रमाणका रूपमा व्याख्या गर्नुभयो।

उहाँका अनुसार सात दशकको अवधिमा नेपाल–चीन सम्बन्ध परम्परागत मित्रता र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीमा विस्तार भएको छ। उच्चस्तरीय भ्रमण तथा विभिन्न तहका आदानप्रदानले द्विपक्षीय सम्बन्धका सबै क्षेत्रमा थप गतिशीलता ल्याएको उहाँले बताउनुभयो।

नेपाल र चीनले नियममा आधारित विश्वव्यवस्था र बहुपक्षीयताप्रति प्रतिबद्धता जनाउँदै साझा हितका विषयमा विभिन्न बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो।

चीनको विकासबाट सिक्न चाहन्छ नेपाल

परराष्ट्रसचिव राईले चीनले हासिल गरेको आर्थिक विकासबाट नेपालले सिक्दै दुई देशबीचको आर्थिक सहकार्यलाई थप गहिरो बनाउन चाहेको बताउनुभयो।

विगत सात दशकमा व्यापार, लगानी, पूर्वाधार, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धमा उल्लेख्य विस्तार भएको उहाँको भनाइ छ।

नेपालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र त्यसको शीघ्र कार्यान्वयनलाई विशेष महत्व दिएको पनि उहाँले बताउनुभयो।

‘नेपाल–चीन राजनीतिक विश्वास अझ गहिरिएको छ’

कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आए पनि नेपाल र चीनले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको बताउनुभयो।

नेपालमा नयाँ सरकार गठन भएयता दुई देशबीचको राजनीतिक पारस्परिक विश्वास अझ गहिरिएको र ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अघि बढिरहेको उहाँको दाबी छ।

राजदूत माओमिङले व्यापार, अर्थतन्त्र, पूर्वाधार, सम्पर्क सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत क्षेत्रमा दुई देशबीच नयाँ प्रगति भइरहेको बताउनुभयो। ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने गरेको उल्लेख गर्दै उहाँले जनस्तरको आदानप्रदानलाई नेपाल–चीन सम्बन्धको वास्तविक आधारका रूपमा व्याख्या गर्नुभयो।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुगेको उहाँले स्मरण गर्नुभयो।

पारस्परिक सम्मान र लाभमा आधारित सम्बन्धमा जोड

राजदूत माओमिङले चीनले शान्तिपूर्ण विकासको बाटो रोजेको बताउँदै सबै देशले एकअर्कालाई सम्मान, समान व्यवहार र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त पालना गर्नुपर्ने धारणा राख्नुभयो।

चीन नेपालसँग पारस्परिक सम्मान र लाभमा आधारित सम्बन्धलाई थप अघि बढाउन तयार रहेको बताउँदै उहाँले दुई देशबीच भएका समझदारी कार्यान्वयन गरी साझा भविष्य निर्माणलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो।

डिजिटल युगमा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिका सीमासमेत पार गर्दै दुई देशका जनतालाई जोड्न सक्ने उहाँले बताउनुभयो।

नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेता पुरस्कृत

कार्यक्रममा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितामा ठूलो सङ्ख्यामा भिडियो प्राप्त भएको र सहभागीले नेपाल–चीन सम्बन्धका विभिन्न आयाम तथा दुई देशका सुन्दर दृश्य समेटेको भन्दै प्रशंसा गरिएको थियो।

प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम पुरस्कारसहित ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

मुक्तिनाथमा भक्तजनको भेटी थुप्रिँदै, बैंक खातामा ११ करोडभन्दा बढी मौज्दात

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

मुक्तिनाथमा भक्तजनको भेटी थुप्रिँदै, बैंक खातामा ११ करोडभन्दा बढी मौज्दात

बैतडीमा मौरीपालनबाट वार्षिक तीन लाखसम्म आम्दानी

समय रैनासहित पाँच हास्य कलाकारविरुद्धको मुद्दा खारेज

चुनावपछि पहिलोपटक झापा पुगे एमाले अध्यक्ष ओली

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu