काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार साउन ३० गते गृहक्षेत्र झापा पुगेका छन्। उनी विमानमार्फत झापा पुगेका हुन्।
भद्रपुर विमानस्थलमा ओलीलाई स्वागत गर्न एमालेका ठूलो संख्यामा नेता–कार्यकर्ता तथा शुभेच्छुक उपस्थित भएका थिए। एमालेका अनुसार झापा बसाइका क्रममा ओलीले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन्। उक्त निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार बनेका थिए।
बालेनसँग पराजित
झापा–५ मा ओली वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग प्रतिस्पर्धामा थिए। निर्वाचनमा ओली बालेनसँग पराजित भएका थिए।
निर्वाचनपछि पहिलोपटक गृहक्षेत्र पुगेका ओलीको झापा भ्रमणलाई एमालेको स्थानीय राजनीतिक तथा सांगठनिक गतिविधिसँग जोडेर हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्