ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो- श्रेष्ठ


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ६ : ४४   बजे

काठमाडौं २६ माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार अलोकतान्त्रिक तरिकाले अगाडि बढेको आरोप बताएका छन् । विशिष्ट अवस्थामा मात्र अध्यादेश ल्याउने प्रावधान भए पनि संसद् गरेर अध्यादेश ल्याई सरकारले अलोकतान्त्रिक चरित्र देखाएको उनको टिप्पणी छ ।

शनिबार प्रेस सेन्टर नेपाल पाल्पाले गरेको पत्रकार भेटघाटमा श्रेष्ठले भने, ‘हामी अहिले संसद्मा अध्यादेशविरुद्ध सशक्त प्रतिवाद गर्ने प्रक्रियामा छौं । किनभने, सरकारको तर्फबाट निश्चित गरिएको मितिबाट अध्यादेश स्वीकार र अस्वीकारको प्रस्तावलाई पछाडि धकेलिएको छ । हामीले त्यसको प्रतिवाद गर्ने नै छौं ।’

राष्ट्रिय कार्यभारलाई पूरा गर्न सबै प्रतिपक्षी शक्तिलाई मिलाएर अघि बढ्ने प्रक्रियामा माओवादी रहेको उनले बताए । उनले सरकारले राम्रा काम गरे तिनलाई समर्थन गर्ने र खराब कामको सशक्त प्रतिवाद गर्ने बताए । सरकारको राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्नु भए पनि गलत ढंगले सत्ता सञ्चालन गर्न खोजेको आरोप पनि लगाए ।

‘सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्न सकौं भन्ने नै छ,’ पूर्वउप्रधानमन्त्री श्रेष्ठले भने, ‘सरकारसँग राष्ट्रिय मुद्दाहरूमा सहमति कायम गर्दै अघि बढ्न सकौं भन्ने रहे पनि यो सरकारले गर्ने सम्भावना रहेन ।’

विगतमा माओवादीको नेतृत्वमा रहेको सरकारले केही सकारात्मक परिवर्तन गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो । अब सडक र सदनमा जनताको मुद्दा स्थापित गर्न माओवादी लाग्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले जनताले चाहेअनुसारको पार्टी बनाउन माओवादीले देशभर नयाँ अभियान थालेको दावी गर्दै समयअनुसार जनताको पार्टी बनाउन पार्टीको पुनर्गठनमा माओवादी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group