ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै, केजरीवालको हारमा भ्रष्टाचारको आरोप मुख्य कारण


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ११ : ०३   बजे

काठमाडौं २७ माघ । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी ९भाजपा० ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेपछि अब दिल्लीको मुख्यमन्त्रीको भन्ने चर्चा हुन थालेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको हो ।

भारतीय सञ्चारमाध्यमले मुख्यमन्त्रीको मुख्य प्रतिस्पर्धीमा प्रवेश वर्मालाई उल्लेख गरेका छन् । वर्माले चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गर्नुभएको हो । चुनावअघि वर्माले केजरीवालको चर्को विरोध गर्नुभएको थियो । यसअघि वर्मा सन् २०१३ मा महरौलीबाट चुनाव जितेर पहिलो पटक विधायक बन्नुभएको थियो । सन् २०१९ मा भएको लोकसभाको चुनावमा पश्चिम दिल्लीबाट पनि वर्माले जीत हासिल गर्नुभएको थियो । उहाँले सन् २०२४ मा भएको विधान सभा चुनावमा टिकट पाउनुभएन, अहिले दिल्ली विधानसभामा निर्वाचित हुनुभएको छ ।

यस्तै भारतीय जनता पार्टी दिल्ली प्रदेशका अध्यक्ष वीरेन्द्र सचदेवाको नाम पनि मुख्यमन्त्री बन्नेमा चर्चा छ । यसअघि उहाँ सन् २००९ मा प्रदेश मन्त्री र सन् २०१७ मा पार्टीको प्रदेश उपाध्यक्ष भइसक्नुभएको छ ।

यसैगरी मनजिंदर सिंह सिरसाको नाम पनि दिल्लीको मुख्यमन्त्रीमा चर्चामा छ । सिख समुदायमा राम्रो प्रभाव राख्ने उहाँलाई भाजपा पार्टीले मुख्यमन्त्री बनाउन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिरसासँग दिल्ली सिख गुरुद्वारा प्रबन्धन कमेटीको अध्यक्ष भएर काम गरेको अनुभव छ ।

यस्तै भाजपा दिल्लीका पूर्व अध्यक्ष विजेन्द्र गुप्ताको नाम पनि मुख्यमन्त्रीको प्रतिस्पर्धीका रूपमा चर्चामा छ । गुप्ताले रोहिणीबाट लगातार तीन पटक चुनाव जित्नुभएको छ । यसपटक उहाँले ३८ हजार मतान्तरले आफ्नो विपक्षीलाई पराजित गर्नुभएको छ । गुप्तासँग भाजपाको राष्ट्रिय कार्यकारिणी सदस्य भएर काम गरेको अनुभव छ ।

यस्तै दिल्लीको मुख्यमन्त्री लागि अर्को चर्चाको नाम हो रेखा गुप्ता । उहाँले शालीमार बागबाट ३० हजार मतान्तरले चुनाव जित्नुभएको छ । यसअघि सन् २०२० को चुनावमा रेखाले कम मतान्तरले चुनाव हार्नुभएको थियो । उहाँसँग दिल्ली नगर निगमको पाठ र दिल्ली विश्वविद्यालयका छात्रा संघको अध्यक्ष रहेर काम गरेको अनुभाव छ ।

भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने दिल्लीमा कुनै पनि सिट जित्न सकेन । देशको राजधानीको शहर भएका कारण पनि दिल्ली राज्यसभाको चुनावलाई भाजपा र सत्तारुढ आम आदमी पार्टीले प्रतिष्ठाको विषय बनाएका थिए । कल्याणकारी मुद्दा उठाएको केजरीवालको पार्टीले सन् २०१३ यता दिल्लीमा सरकार चलाइरहेको थियो । पछिल्लो समय केजरीवालसहित उहाँको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लाग्नु भाजपाको जीतको मुख्य कारण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै दिल्लीमा विधानसभा चुनावको प्रचार चलिरहेको बेला आउँदो आर्थिक वर्षको बजेटमा अर्थमन्त्री निर्मला सीतारमणले १२ लाख रुपैयाँसम्मको वार्षिक कमाउनेका लागि कर छुटको घोषणा गर्नुभयो । जसका कारण भाजपालाई चुनावमा धेरै सिटमा जित हासिल गर्न मद्दत पुग्यो ।

यस्तै दिल्ली सरकारमा रहेको आम आद्मी पार्टीविरुद्ध भाजपाले लगातार विरोध प्रदर्शन र र्‍याली गरिरह्यो । विभिन्न पार्टीका र्‍याली तथा सभाको सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई एकपटक दिल्लीको सेवा गर्न दिन बिन्ती गर्दै आउनुभएको थियो । उहाँले आम आद्मी पार्टीले शुरु गरेका कल्याणकारी कामको विरोध नगरी कतिपय अवस्थामा थप कामको घोषणा गर्नुभयो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भाजपाले जित्नुको अर्को कारण भारतीय कंग्रेसले प्रभावशाली उम्मेदवार उठाउन नसक्नु हो । साथै कंग्रेस भित्रै नेताहरुबीच प्रतिस्पर्धाको वातावरण रह्यो । अघिल्लो चुनावमा आफूलाई हराएको भनेर अहिलेका उम्मेदवारलाई हराउन आफ्नै नेताहरु परिचालन भएका कारणले पनि दिल्लीमा भाजपाको धेरै सिट आएको बताइएको छ । यसअघि सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group