ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा भारतको क्लीन स्वीप


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   ११ : ५३   बजे

काठमाडौं १ फगुन । भारतले इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा क्लीन स्वीप गरेको छ । भारतले तेस्रो खेल एक सय ४२ रनले जितेर शृङ्खला ३–० ले जितेको हो ।

भारतले दिएको ३ सय ५७ रनको लक्ष्य पछाएको इङ्गल्यान्डले ३४ ओभर २ बलमा अल आउट हुँदै २ सय १४ रन मात्र बनायो । इङ्गल्यान्डका लागि टम बानटन र गस अटकिन्सनले समान ३८ रन बनाए ।

भारतका अर्शदीप सिंह, हर्षित राना, हार्दिक पाण्डेय र अक्क्षर पटेलले २–२ विकेट लिए । यस अघि पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा अल आउट हुँदै ३ सय ५६ रन बनाएको थियो ।

भारतका लागि शुभमन गिलले १ सय १२ रनको शतकीय पारी खेलेका थिए भने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाएका थिए । योसँगै भारतले ३ खेलको सिरिज ३–० ले जितेको छ र शृङ्खलामा क्लीन स्वीप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा जाभी हर्नान्डेज

२०औँ एसियाली खेलकुदमा कराँतेको स्वर्ण लक्ष्य, एरिकामाथि मुख्य भरोसा

फिफा निलम्बनपछि नेपाली फुटबल संकटमा : तीन महिनापछि साफ च्याम्पियनसिप, नेपालको सहभागिता अनिश्चित

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

चार वर्षदेखि रोकिएको कर्णालीका खेलाडीको पुरस्कार एकमुष्ट वितरण

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu