ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा जाभी हर्नान्डेज


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ८ : २५   बजे

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बने जाभी हर्नान्डेज

काठमाडौं । नेदरल्यान्ड्सले स्पेनका पूर्वमिडफिल्डर तथा बार्सिलोनाका पूर्वप्रशिक्षक जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

डच फुटबल संघले बुधबार ४६ वर्षीय जाभीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको हो। उनी सन् २०३० को विश्वकपसम्म रहने गरी सम्झौतामा आबद्ध भएका छन्।

जाभीले रोनाल्ड कोम्यानको स्थान लिएका हुन्। कोम्यानले सन् २०२३ देखि २०२६ सम्म नेदरल्यान्ड्सको दोस्रो कार्यकाल सम्हालेका थिए।

जाभीले पहिलोपटक राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेका हुन्। यसअघि उनले कतारको अल साद र बार्सिलोनाको प्रशिक्षण सम्हालेका थिए। बार्सिलोनाबाट सन् २०२४ मा अलग भएपछि उनी प्रशिक्षकको भूमिकामा फर्किएका हुन्।

४८ वर्षपछि विदेशी प्रशिक्षक

जाभी नेदरल्यान्ड्सको पुरुष राष्ट्रिय टोली सम्हाल्ने ४८ वर्षपछिका पहिलो विदेशी प्रशिक्षक बनेका छन्। यसअघि सन् १९७८ मा अस्ट्रियाका एर्नस्ट हापेलले नेदरल्यान्ड्सको प्रशिक्षण सम्हालेका थिए।

जाभीको पहिलो ठूलो चुनौती आगामी यूईएफए नेसन्स लिग हुनेछ। नेदरल्यान्ड्सले सेप्टेम्बर २४ मा जर्मनीसँग खेल्दै नयाँ प्रशिक्षकको नेतृत्वमा यात्रा सुरु गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

२०औँ एसियाली खेलकुदमा कराँतेको स्वर्ण लक्ष्य, एरिकामाथि मुख्य भरोसा

फिफा निलम्बनपछि नेपाली फुटबल संकटमा : तीन महिनापछि साफ च्याम्पियनसिप, नेपालको सहभागिता अनिश्चित

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

चार वर्षदेखि रोकिएको कर्णालीका खेलाडीको पुरस्कार एकमुष्ट वितरण

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने

एसीसी प्रिमियर कपको खेलतालिका परिवर्तन: नेपालको पहिलो खेल अगस्ट ३१ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu