ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यान्त्रिक गडबडीका कारण अमेरिकी विदेशमन्त्री सवार विमान अचानक फर्कियो


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   ३ : ०१   बजे

काठमाडौं २ फागुन । यान्त्रिक समस्याका कारण अमेरिकी विदेशमन्त्री मार्को रुबियोको दोस्रो विदेश भ्रमणका लागि उडेको विमान बिहीबार स्वदेश फर्कन बाध्य भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।

विदेशमन्त्री रुबियो म्युनिख सुरक्षा सम्मेलनका लागि जर्मनी जाँदै गर्दा उनको विमान अचानक वासिङ्टनबाहिर एन्ड्रयुज एयर फोर्स बेसतर्फ फर्किएको एएफपीका संवाददाताले बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने, “विदेशमन्त्री रुबियो उडिरहेको विमानमा यान्त्रिक समस्या देखिएपछि जोइन्ट बेस एन्ड्रयुजमा फर्किएको छ।”

“विदेशमन्त्रीले जर्मनी र मध्यपूर्वको आफ्नो यात्रालाई छुट्टाछुट्टै विमानमार्फत जारी राख्नुहुनेछ,” उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युद्ध अन्त्यका लागि कूटनीति अघि बढाउने बताएपछि रुबियोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार भेटवार्ता गर्ने तयारी गरेका थिए।

रुबियोले इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेट्स ९यूएई० मा गाजा युद्धविरामबारे पनि छलफल गर्नेछन्।

हमासको आक्रमणका कारण १६ महिना लामो युद्धमा इजरायलले कब्जा जमाएको गाजाका प्यालेस्टिनी बासिन्दालाई देश निकाला गर्ने ट्रम्पको प्रस्तावमा पनि उनले छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाँदरको आतङ्कले किसान चिन्तित, अनुदानभन्दा नियन्त्रण माग

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सम्बन्धित

जीपीएस जाम भए पनि चिनियाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराले बाटो देखाउने दाबी

पुटिनको चेतावनी : रुसी जहाज रोकिए युरोपेली जहाज पनि कब्जा गर्ने दाबी

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu