ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   २ : ४४   बजे

काठमाडौं ३ फागुन । अमेरिकाले भारतलाई एफ(३५ नामको लडाकु विमान दिने समाचार अहिले चर्चामा छ । यो पाँचौं पुस्ता फिफ्थ जेनेरेसन० को अत्याधुनिक लडाकु विमान हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ(३५ उपलब्ध गराउन तयार भएको छ ।

यो विमानको निर्माण सन् २००६ देखि लकहिड मार्टिनले सुरु गरेका थिए । सन् २०१५ देखि यो लडाकु विमान अमेरिकी सेनाको महत्वपूर्ण अस्त्र बनेको छ ।

एफ(३५ लाइटनिङ सेकेन्ड नामको लडाकु विमान आफ्ना केही विशेषताका कारण अत्यधिक शक्तिशाली लडाकु विमानको रूपमा परिचित छ । यो उन्नत स्टिल्थ ९रडारमा नदेखिने० प्रविधि भएको पाँचौं पुस्ताको अत्याधिक प्रयोगमा आएको लडाकु विमान हो।

१। महंगो लडाकु विमान

समाचार संस्थाहरूका अनुसार अमेरिकी रक्षा विभाग, पेन्टागनको इतिहासमा सबैभन्दा महँगो विमान यही एफ(३५ हो। अमेरिका एउटा एफ(३५ लडाकु विमान निर्माणमा करिब ८२।५ मिलियन डलर खर्च गर्छ ।

उक्त विमान हवाई युद्ध, जमिनमा आक्रमण र गुप्तचर मिसनहरूका लागि माहिर मानिन्छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भारतलाई उक्त लडाकु विमान दिन तयार भएका हुन् ।

२। युद्धमा निर्णायक

अमेरिका, नेटो र अन्य सहयोगी राष्ट्रहरूको लागि युद्धमा गेम चेन्जर साबित भएको एफ(३५ ले अब भारतीय वायु सेनाको शक्ति बढाउने काम गर्नेछ।

३। लगभग अदृश्य, शत्रुलाई छक्याउने

यो विमान साना र मध्यम दूरीका मिसाइलहरू बोक्न सक्छ र यसको सबैभन्दा ठूलो विशेषता भनेको शत्रुको रडारले यसलाई पत्ता लगाउन नसक्नु हो। लगभग अदृश्य रहने भएकाले यो शत्रुको सुरक्षित क्षेत्रमा सजिलै प्रवेश गर्न सक्छ।

४। सजिलै टेकअफ

यो विमान साधारण लडाकु विमान जस्तै सामान्य टेकअफ र अवतरण गर्न सक्छ । यही समूहमा पर्ने विमान छोटो दूरीमा टेकअफ र ठाडो अवतरण गर्न पनि सक्षम हुन्छ । यसले एयरक्राफ्ट क्यारियरबाट पनि टेकअफ गर्न सक्छ ।

५। सुपरसोनिक गति

एफ(३५ विमान साधारणभन्दा धेरै छिटो अर्थात् सुपरसोनिक गतिमा उड्न सक्छ। यो मल्टी(रोल लडाकु विमानले आकाशमै रहेका र जमिनमा रहेका शत्रुलाई आक्रमण गर्न सक्छ। तीव्र गतिका कारण यसले शत्रुलाई पराजित गरेर केही सेकेन्डमै सुरक्षित रुपमा फर्कन सक्छ।

६। अत्याधुनिक सेन्सर

यसमा उच्च प्रविधियुक्त सेन्सरहरू जडान गरिएका छन्, जसले पाइलटसँग तीव्र गतिमा डाटा आदानप्रदान गर्छ। फ्युजन रडार, इलेक्ट्रो(अप्टिकल र इन्फ्रारेड सेन्सरहरू जडान गरिएको यो विमानले तीव्र गतिमा डाटा सङ्कलन गरी पाइलटलाई खतराबाट सतर्क गराउँछ। एफ(३५ को अधिकतम गति म्याक १।६ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu